२३ असार २०८३, मंगलबार

नियुक्त भए जसपाका नयाँ ३ मन्त्री

नियुक्त भए जसपाका नयाँ ३ मन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारीले जनता समाजवादी पार्टी (जसपा)का तीन जनालाई मन्त्री नियुक्त गरेकी छन् । 

भौतिक पूर्वाधार मन्त्रीमा इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्र सिंह नियुक्त भएका हुन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जसपाका उनीहरूलाई मन्त्री पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

जसपाले सरकारमा सहभागी तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँको नाम प्रधानमन्त्री देउवालाई बुझाएको थियो । 

उनीहरूको शपथ सोमवार अपरान्ह साढे ४ बजे हुने राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । 

भौतिक पूर्वाधार मन्त्री रेणु यादव, कृषि मन्त्री महेन्द्र यादव र वन मन्त्री रामसहायप्रसाद यादवलाई फिर्ता बोलाइएको छ । अघिल्लो साता मात्र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरू फेरिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्