१० साउन २०८३, आइतबार
संसदमा प्रतिपक्षी नेताको सम्वोधन

छिमेक सम्बन्धमा एमाले कसैको नजिक र कसैको टाढा छैन– केपी ओली

छिमेक सम्बन्धमा एमाले कसैको नजिक र कसैको टाढा छैन– केपी ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले छिमेक सम्बन्धमा एमाले कसैको नजिक र कसैको टाढा नरहेको बताएका छन्। आफूहरू सन्तुलित छिमेक नीतिको पक्षमा रहेको ओलीले बताए । 

सोमवार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारले विदेश नीति सम्बन्धमा देखाउने एउटा र गर्ने अर्को खालको काम गर्ने बताए। 

‘वर्तमान सरकार छिमेक सम्बन्ध बिगार्न लागिपरेको छ। एउटा हल्ला चलाइएको छ, एमाले फलानोको नजिक। एमाले कसैको नजिक कसैको टाढा होइन, एमाले राष्ट्रिय हितप्रति प्रतिबद्ध पार्टी हो,’ ओलीले भने, ‘छिमेकीप्रति इमान्दार व्यवहार गर्ने, समनिकटताको सम्बन्ध कायम राख्नुपर्छ । भरपर्दो छिमेक सम्बन्ध सन्तुलित छिमेक नीतिको पक्षमा छौँ।’

ओलीले छिमेक सम्बन्धमा सरकारको गैरजिम्मेवारीले देशलाई पछिसम्म अप्ठ्यारोमा पार्ने दाबी गरे। ओलीले अमेरिकी सैन्य सम्झौता राज्य साझेदारी कार्यक्रम (एसपीपी)लाई पत्राचार गर्न कसले निर्देशन दिएको भन्नेबारे यथार्थ संसदमा पेश गर्न माग गरे। ओलीले संसदमा झण्डै डेढ घण्टा सम्बोधन गरेका थिए।

salt training

कमेन्ट गर्नुहोस्