३० जेठ २०८३, शनिबार

एसिया प्रशान्तको उड्डयन प्राधिकरण महानिर्देशकहरूको सम्मेलनमा नेपाल सहभागी, कालोसूचीबाट हटाउन सहयोग गर्ने

एसिया प्रशान्तको उड्डयन प्राधिकरण महानिर्देशकहरूको सम्मेलनमा नेपाल सहभागी, कालोसूचीबाट हटाउन सहयोग गर्ने

एसिया प्रशान्त क्षेत्रको नागरिक उड्डयन प्राधिकरण महानिर्देशकहरूको सम्मेलन (डीजीसीए)मा नेपाल सहभागी भएको छ। सोमवारदेखि दक्षिण कोरियामा शुरू भएको उक्त पाँच दिने सम्मेलनमा नेपालको उड्डयन प्राधिकरणसमेत सहभागी भएको हो।

उक्त सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र डीजीसीए प्रतिनिधिमण्डबीच द्विपक्षीय बैठक भएको छ। बैठकमा नेपालको हवाई उड्डयन क्षेत्रलाई सेफ्टि लिस्ट (कालोसूची)बाट हटाउन डीजीसीएले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

नेपालको हवाई क्षेत्रलाई सन् २०१३ देखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र यूरोपियन युनियन (ईयू)ले कालोसूचीमा राखेको थियो । आइकाओले नेपाललाई उक्त सूचीबाट हटाइसकेको भए पनि ईयूले भने अझै हटाएको छैन।

ईयूको कालोसूचीबाट नहटेका कारण नेपाली वायुसेवा ईयूअन्तर्गतका २७ मुलुकमा उडान गर्न पाउँदैन भने ती देशका नागरिकलाई पनि नेपाली वायुसेवा प्रयोग नगर्न ट्राभल एड्भाइजरी जारी भएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्