२७ जेठ २०८३, बुधबार

किन भयो सांसद गंगा चौधरी र संसदीय समिति सभापतिबीच भनाभन ?

किन भयो सांसद गंगा चौधरी र संसदीय समिति सभापतिबीच भनाभन ?

नेकपा एमालेकी सांसद गंगा चौधरी र वरिष्ठताका आधारमा सभापतित्वको भूमिका निभाएका सांसद मुकुन्द न्यौपानेबीच भनाभन भएको छ । 

सोमवार राज्य व्यवस्था तथा सुशासन समितिमा उनीहरूबीच भनाभन भएको हो । 

बैठकमा सभापति न्यौपानेले प्रतिनिधि सभाको बैठक रहेकोले समय घटाएर बोल्न भनेपछि सांसद चौधरीले समय नभए किन बोलाउनुभएको ? भन्दै प्रश्न गरेकी थिइन् । 

उनीहरूको जवाफ र प्रतिजवाफ यस्तो छः-

सांसद चौधरीः संसद छ भने भोलि बैठक बोलाउनुस् । 

सभापतिः तपाईं छोटो बोल्नुस् ।

चौधरीः हामीलाई किन बोलाउनु भयो त ? हामीलाई संशोधन नहाल्नुस् भन्नुपथ्र्यो नि त ।

हाम्रो आफ्नो कुरा राख्न दिनुहुन्न ? आज नभ्याए अर्को दिन बोलाउनुस् न बैठक ?

सभापतिः एक घण्टा बोलिरहन पाए डिस्टर्ब नहुने ? आफूलाई सुधार्नुस् ।’

salt training

कमेन्ट गर्नुहोस्