
अभिनेत्री नीता ढुङ्गाना तीन दिनपछि अर्थात असार २४ गते शुक्रवार वैवाहिक सम्बन्धमा बाँधिदैछिन् ।
युवा ज्योतिष एवम् अभिनेता हरिहर अधिकारीसँग विवाह गर्न लागेकी नीतालाई सोमवार उनका निकट साथीहरूले ब्याचलर पार्टी दिएका छन् ।
ब्याचलर पार्टीका केही तस्वीरहरू नीताले सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेकी छन् । जहाँ नीता लगायतका साथीहरू मस्ती मुडमा देखिएका छन् ।
तस्वीरमा नीता निकै प्रफुल्लित देखिएकी छिन् ।


उनले आफ्नो ब्याचलर पार्टि विशेष बनाएकोमा साथीहरूलाई धन्यवाद समेत दिएकी छन् ।
त्यस्तै, उनका दिदीहरूले समेत नीतालाई ब्याचलर पार्टि दिएका छन् ।
उक्त पार्टीमा पनि नीता उत्तिकै प्रफुल्लित देखिन्छिन् ।

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नीता र हरिहरको विवाह हुँदैछ ।
उनीहरूले विवाहअघि चलचित्र ह्रस्व दीर्घको शुभसाइत समेत गरेका छन् ।



Posted by Neeta Dhungana on Monday, July 4, 2022