×

NMB BANK
NIC ASIA

बेलायतबाट विद्यावारिधी गरेका बस्नेतले काठमाडौं ९ बाट गरे स्वतन्त्र उम्मेदवारी घोषणा

असार २१, २०७९

NTC
Premier Steels

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्रतर्फका उम्मेदवारहरूले पक्षमा सुखद नतिजा आएपछि स्वतन्त्र उम्मेदवारी घोषणाको लहर नै चलेको छ। आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभरबाट स्वतन्त्र उम्मेदवार बन्न चाहेकाहरूले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन्। 

Muktinath Bank

यसैक्रममा काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभातर्फ डा. ज्ञान बस्नेतले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। बेलायतबाट कानूनमा विद्यावारिधी गरेका उनले आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले संस्कारको राजनीतिको वकालत र सूत्रपातका लागि आफूले उम्मेदवार बन्ने निर्णय गरेको बताएका छन्। 


Advertisment
Nabil box
Kumari

उक्त क्षेत्रबाट अघिल्लो निर्वाचन नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका ध्यानगोबिन्द रन्जितलाई पराजित गर्दै विजयी बनेका थिए। त्यस निर्वाचनमा वैकल्पिक राजनीतिको वकालत गर्दै आएका साझा विवेकशील पार्टीका तत्कालीन संयोजक मिलन पाण्डे पनि उम्मेदवार बनेका थिए। 

Vianet communication

आगामी निर्वाचनमा पाण्डेले पुनः सोही क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरिरहेका छन्। अन्य ठूला पार्टीले पनि सो क्षेत्रमा ह्याभीवेट उम्मेदवार नै उठाउने संभावना छ। 

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएका थिए। त्यस्तै धरानमा हर्क साम्पाङ, नेपालगन्जमा गोपाल हमाललगायत विजयी भएपछि देशभर स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने लहर नै चलेको छ ।

हालै स्वतन्त्र उम्मेदवार अभियन्ताहरूले काठमाडौंमा विशेष भेला आयोजना गरेका थिए भने, सञ्चारकर्म छाडेर रबि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी नामको दल निर्वाचन आयोगमा दर्ता भइसकेकाे छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x