२९ असार २०८३, सोमबार

देउवाकै अगाडि धनराजले भने- गठबन्धनरुपी जहाज आकाशमै छ, 'सेफ ल्याण्डिङ' गर्ने कि 'प्यारासुट जम्प' गर्ने ?

देउवाकै अगाडि धनराजले भने- गठबन्धनरुपी जहाज आकाशमै छ, 'सेफ ल्याण्डिङ' गर्ने कि 'प्यारासुट जम्प' गर्ने ?
फाइल तस्वीर।

नेपाली का‌ंग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धनमा समस्या आउन थालेको टिप्पणी गरेका छन् । 

मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व. गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै उनले गठबन्धनरुपी विमान आकाशमा रहेकाले सुरक्षित अवतरण नगरे दुर्घटना हुने बताएका हुन् । 

‘स्थानीय निर्वाचनमा हामी पाँच दल एउटै जहाज चढ्यौं, जहाज उडिसकेको छ । आकाशमा छ  तर ल्याण्डिङ भएको छैन,’ उनले भने, ‘अब हामीले त्यो जहाजलाई सेफ ल्याण्डिङ कसरी गर्ने ? भनेर चिन्तन र चिन्ता गरिरहेको बेलामा त्यही जहाजभित्र बसेर साथीहरूले ङ्यारङ्यार ङुरङुर गर्न हुन्न भन्ने मेरो ठहर छ ।’

उपसभापति गुरुङले गठबन्धनभित्र नै एक दलले अर्को दललाई आरोप लगाउँदा अपरिपक्व राजनीतिज्ञले देश सञ्चालन गरेको पुष्टि हुने दाबी गरे । 

‘हामीले जहाजबाट प्यारासुट जम्प गर्नुपर्छ । तर खुट्टा भाँचिन्छ कि भन्ने पनि हामीलाई त्रास छ,’ उनले भने, ‘जम्प पनि गर्न भएको छैन, धेरैमाथि उडेको छ जहाज । अब त्यसलाई सेफ ल्याण्डिङ गर्ने बेलामा कसैले कांग्रेस इमान्दार भएन भन्ने अर्को दल इमान्दार भएन भनेर आकाशमा उडिरहेको जहाजमाथि हामीले झगडा शुरू गर्ने हो भने जहाजले सेफ ल्याण्डिङ गर्न सक्दैन ।’

उनले सम्भवतः मंसिरतिर जहाज ‘सेफ ल्याण्डिङ’ गर्न सक्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्