
देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरूबाट माग दाबी भएअनुसार शिवम् सिमेन्टस् लिमिटेडले ५ लाख बराबरको मृत्यु बीमासहित दुर्घटना जोखिम बीमा बापतको रकमहरू हस्तान्तरण गरेको छ ।
यसअघि दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरूको जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्ट लि. ले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार भन्दा बढी निर्माणकर्मीहरुको ५ लाख बराबरको जोखिम बीमासहित निर्माणसम्बन्धी प्राविधिक अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरेको थियो ।
सोही कार्यक्रममा सहभागी निर्माणकर्मीमध्येबाट पर्न आएको दुर्घटना बीमा मागदाबी बापतको रकम बीमा कम्पनीसँंग समन्वय गरी निर्माणकर्मीहरुको घर–घरमा नै गएर शिवम सिमेन्टका कम्पनी प्रतिनिधिहरुले हस्तान्तरण गरेका हुन् ।
शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो बिक्री क्षेत्रअन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुङ्गा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, गोरखा, तनहु, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुर लगायत जिल्लाहरूका निर्माणकर्मीहरूको ५ लाख बराबरको जोखिम बीमा गराएको छ ।
‘शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ,’ कम्पनीको दाबी छ, ‘देशको विभिन्न ठूला–ठूला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्त्वपूर्ण भूमिका निभाउँदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरीय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड–२०१८ प्रथमबाट सम्मानित भएको थियो ।’



