१३ असार २०८३, शनिबार

गठ्ठाघरमा सवारी दुर्घटनाः एक युवतीको मृत्यु

गठ्ठाघरमा सवारी दुर्घटनाः एक युवतीको मृत्यु

भक्तपुरको गठ्ठाघरमा मंगलवार दिउँसो भएको सवारी दुर्घटनामा घाइते भएकी एक युवतीको मृत्यु भएको छ। 

मंगलवार मध्यपुर थिमी नगरपालिका ३ गठ्ठाघरस्थित ट्राफिक कार्यालय अगाडि भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा. ४ ख २२१२ नम्वरको बस र एकै दिशातर्फ जाँदै गरेको बा.७८प १०८३ नम्वरको स्कुटर ठोक्किदा स्कुटरमा सवार २४ वर्षीया रेजिना तामाङ घाइते भएकी थिएन्। रामेछाप घर भई हाल जडिबुटीस्थित बर्गर हाउसमा काम गरिरहेकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा स्कुटर चालक रामेछाप दोरम्बा ५ घर भई हाल जडिबुटी बस्ने १८ वर्षीय सिद्धार्थ मगर पनि घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

दुर्घटनापछि प्रहरीले बस चालक काभ्रेपलान्चोक तिमाल ५ नारायणस्थान बस्ने ५० वर्षका पोते तामाङलाई नियन्त्रणमा लिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्