
नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरिएको छ ।
अधिवक्ता अनुपम भट्टराईले प्रतिनिधि सभा निर्वाचनमा पराजित यादवलाई संविधानको मर्म र भावनाविपरीत मन्त्री बनाइएको भन्दै नियुक्ति खारेजीको मागसहित मंगलवार रिट निवेदन पेश गरेका हुन् ।
यो पनि पढ्नुहोस्
सर्वोच्च अदालत स्रोतका अनुसार निवेदन रुजु भए पनि समय अभावका कारण मंगलवार रिट निवेदन दर्ता भएन ।
कृषिमन्त्री बनेका यादवले सोमवार मन्त्रीको शपथ लिएका थिए । जसपाले आफ्ना तीन जना मन्त्री फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाएको थियो ।
यादव साविक राष्ट्रिय जनता पार्टी नेपालबाट सप्तरी क्षेत्र नम्बर ४ मा उम्मेदवार बनी पराजित भएका थिए । प्रतिनिधि सभामा पराजित भएका यादव राजपाबाटै राष्ट्रिय सभा सदस्यमा चुनिएका थिए । हाल उनी राष्ट्रिय सभा सदस्य छन् ।