×

NMB BANK
NIC ASIA

राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा त्रिविकी जोशी प्रथम

असार २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘युवाको बुझाईमा संस्कृति–२०२२’ राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत प्रतिशा जोशी प्रथम भएकी छन् । 

Muktinath Bank

दया फाउन्डेसन, साउथवेस्टर्न स्टेट कलेज र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ द्वारा संयुक्तरुपमा आयोजित सो कार्यक्रमको विजेतालाई साउथवेस्टर्न स्टेट कलेजमा आयोजित एक कार्यक्रममार्फत घोषणा गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसमा त्रिविकी जोशी प्रथम हुँदा बुढानीलकण्ठ स्कूलमा अध्ययनरत दीक्षा उपाध्याय द्वितीय र सिड्स् फाइनान्सियलस् एकेडेमीमा अध्ययनरत प्रेरणा थापा तृतीय भएका छन् ।


Advertisment
Nabil box
Kumari

प्रतियोगितामा ग्रेसी न्यौपाने (नाइटिंगेल इन्टरनेशनल एकेडेमी) र सहारा सुबदी (साउथवेस्टर्न स्टेट कलेज)ले सान्त्वना स्थान हासिल गरेका छन् ।

Vianet communication
Laxmi Bank

साथै प्रतियोगितामा विशेष पुरस्कार अश्विन अधिकारी (साउथवेस्टर्न स्टेट कलेज) र बमबहादर विश्वकर्मा (श्री त्रिनगर मावि धनगढी, कैलाली)ले हासिल गरेका छन् । 

तीन चरणमा आयोजित सो प्रतियोगितामा मुलुकभरका ४६ विद्यालयका ९४ विद्यार्थीको सहभागिता रहेको थियो । युवाहरूलाई नेपाली संस्कृतिप्रति आकर्षक गर्न सो कार्यक्रम गरिएको हो । 

२०७९ वैशाख ७ गतेबाट सुरु भएको प्रतियोगिता पहिलो र दोस्रो चरण जुम मिटिङबाट भएको थियो भने अन्तिम प्रतियोगिता सहभागीबीच भौतिक उपस्थितिमा भएको थियो । 

उक्त कार्यक्रममा नेपालका लागि अस्ट्रेलिया र इजिप्टका राजदूत क्रमशः फेलिसिटी भोल्क, नोहा एच एल्गेबाली, डा. पल्वसा हैदर, रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२का डिजिई राजेन्द्र धोजू, डिजिएन राजेन्द्र मान शेरचन, दया फाउन्डेसनका अध्यक्ष राजेश बहादूर प्रधान, साउथवेस्टर्न स्टेट कलेजका प्रमुख तथा व्यवस्थापन विज्ञ डा. राजेन्द्र केसी, प्रा.डा. श्रीधर गौतम, प्रा.डा. सविना भट्टराई, सम्झना खरेल, केशव सिग्देल, हरिकृष्ण लामिछाने, रमा कडेल, दिनेश मानन्धर, त्रिभुवनचन्द्र वाग्ले, अनु श्रेष्ठ, बदनलाल न्याँछ्यो, बादल प्रधान, कपिलदेव रेग्मी लगायत प्रतियोगी तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रमका वक्ताहरूलाई विभिन्न समूहमा विभाजन गरी समूहगत मूल्याङ्कन गरिएको बताइएको छ ।

समूहगत मूल्याङ्कन समितिमा नेपालका लागि अस्ट्रेलिया र इजिप्टका राजदूत क्रमशः फेलिसिटी भोल्क, नोहा एच एल्गेबाली, प्रा.डा. श्रीधर गौतम, प्रा.डा. सविना भट्टराई, सम्झना खरेल, डा. पल्वसा हैदर, केशव सिग्देल, हरिकृष्ण लामिछाने, रमा कडेल, दिनेश मानन्धर, त्रिभुवनचन्द्र वाग्ले, अनु श्रेष्ठ, बदनलाल न्याँछ्यो, बादल प्रधान र कपिलदेव रेग्मी रहेका थिए । 

यस्ता रचनात्मक कार्यक्रमलाई क्याम्पसले निरन्तरता दिने प्रतिवद्धता साउथवेस्टर्न स्टेट कलेजका प्रमुख तथा व्यवस्थापन विज्ञ डा. राजेन्द्र केसीले भने । 

नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले आफू नेपाल आउँदा नेपाली संस्कृति र नेपाली जनतामा रहेको सहिष्णुता देखेर प्रभावित हुने गरेको अनुभव सुनाए ।  

यूनेस्कोका नेपालका लागी प्रतिनिधि माईकल क्रफ्टले नेपाल संस्कृतिक हिसाबले संवृद्ध राष्ट्र रहेको र युवाहरूले यसको महत्व वुझेमा यसले पर्यटन मार्फत देशलाई नै सम्बृद्धिको पथमा डोर्‍याउने कुरा बताए ।

नेपालजस्तो विविध संस्कृतिले सम्पन्न देशका युवाले देश प्रेमका लागि संस्कृतिको संवद्र्धनमा जुट्नु पर्ने विचार दया फाउन्डेसनका अध्यक्ष राजेश बहादूर प्रधानले व्यक्त गरे । 

उक्त कार्यक्रमले नेपाली युवामा आफ्नो मौलिक संस्कृति प्रति आकर्षण बढ्ने कुरामा कार्यक्रमका संयोजक सरिता शाक्य प्रधानले विश्वास व्यक्त गरे ।

नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका मौलिक संस्कृतिप्रति विद्यार्थीको बुझाइ विस्तार गर्न र संस्कृतिप्रति सकारात्मक सन्देश दिन कार्यक्रम सफल रहेको र कार्यक्रमले विद्यार्थीको बोध तथा अभिव्यक्ति क्षमताको विकासमा टेवा पुर्‍याउनुको साथै संस्कृति विचलन रोक्न सहायक हुने कुरा कार्यक्रमका संयोजक निभा माथेमा प्रधानले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x