१२ असार २०८३, शुक्रबार

खोलामा डुबेर १ बालकको मृत्यु

खोलामा डुबेर १ बालकको मृत्यु
प्रतिकात्मक तस्वीर

कपिलवस्तुको सुरही खोलामा डुबेर मंगलवार १ बालकको मृत्यु भएको छ ।

शिवराज नगरपालिका–२ का ८ वर्षीय सुचान रोकाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । 

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहीका अनुसार बहिनी र साथीसँगै घरबाट निस्केका रोका पौडी खेल्ने क्रममा डुबेको जानकारी दिए ।

रोकाकी बहिनीले स्थानीयलाई घटनाबारे जानकारी गराएकी थिइन् । 

रोकाको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । यसअघि पनि सोही स्थानमा पौडी खेल्ने क्रममा डुबेर ३ युवाको मृत्यु भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्