
नेपाल प्रहरीले प्रहरी कर्मचारीलाई काजमा खटाउन नपाइने परिपत्र गरेको छ ।
प्रहरी प्रधान कार्यालयले देशभरका कार्यालयलाई काजमा खटाउन नपाइने परिपत्र गरेको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले जानकारी दिए ।
प्रहरी नियमावली २०७१ को नियम ५२ मा भएको ‘प्रहरी कर्मचारीलाई सामान्यतया काजमा खटाइने छैन’ भन्ने व्यवस्थाबारे सबैलाई जानकारी गराउन समेत परिपत्रमा उल्लेख छ ।
यस्तो छ परिपत्रको निर्देशन –

