०९ साउन २०८३, शनिबार

संघर्षपूर्ण जीत निकाल्दै जोकोभिच सेमिफाइनलमा

असार २२, २०७९
संघर्षपूर्ण जीत निकाल्दै जोकोभिच सेमिफाइनलमा

 साविक विजेता तथा सर्बियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सेन्टर कोर्टमा मंगलबार राति इटालीका जानिक सिनरलाई हराउँदै जोकोभिचले अन्तिम चारमा स्थान बनाएका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा सुरुआती दुई सेट गुमाएपनि जोकोभिचले उत्कृष्ट पुनरागमन गर्दै जीत निकालेका हुन् ।

शीर्ष वरीयताका जोकोभिचले दशौँ वरीयताका सिनरमाथि ५-७, २-६, ६-३,६-२ र ६-२ को सेटमा पराजित गरे ।

जोकोभिचको यो ३ सय ३२ औं ग्रान्डस्लाम जीत हो ।

salt training

कमेन्ट गर्नुहोस्