११ साउन २०८३, सोमबार

सन्दीप श्रीलंकन क्लबमा अनुबन्ध

सन्दीप श्रीलंकन क्लबमा अनुबन्ध

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने श्रीलंकन क्लबमा अनुबन्ध भएका छन् । उनलाई  लंकन प्रिमियर लिगमा दमुल्ला जायन्ट्सले अनुबन्ध गरेको हो ।

सन्दीपलाई जायन्ट्सले ४० हजार अमेरिकी डलर अर्थात ५० लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । जायन्ट्सले डायमन्ड क्याटागोरीबाट सन्दीपलाई क्लब भित्र्याएको हो ।

लंकन प्रिमियर लिगमा जम्मा पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि कुल तीन सय ५३ खेलाडी अक्सनको ड्राफ्ट थिए । जसमा एक सय ८० विदेशी र एक सय ७३ खेलाडी श्रीलंकाकै थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्