१८ असार २०८३, बिहीबार

रामेछापमा भएको बस दुर्घटनाप्रति प्रचण्डले गरे दुःख व्यक्त

रामेछापमा भएको बस दुर्घटनाप्रति प्रचण्डले गरे दुःख व्यक्त

पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछापमा मंगलवार भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले मर्माहत बनाएको बताएका छन् । 

बुधवार बिहान एक ट्वीट गर्दै उनले दुर्घटनाबारे दुःख व्यक्त गरेका हुन् ।

‘उक्त दुर्घटनामा परी ज्यान गुमाउनुहुने प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दैछु,’ प्रचण्डले ट्वीटरमा भनेका छन् ।

उनले दुर्घटनामा भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्