०५ साउन २०८३, मंगलबार

पोखराको पर्यटकीय बसपार्क महानगरलाई हस्तान्तरण

पोखराको पर्यटकीय बसपार्क महानगरलाई हस्तान्तरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरामा निर्मित पर्यटकीय बसपार्क पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेका छन् । 

मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई पर्यटकीय बसपार्क हस्तान्तरण गरेका हुन् । 

पर्यटकीय शहर पोखरास्थित राष्ट्र बैंकचोकनजिक पर्यटन विभागले ८ करोड ४५ लाख लागतमा पर्यटकीय बसपार्क निर्माण गरेको हो । ७ हजार ९ सय वर्गमिटरमा निर्मित पर्यटकीय बसपार्कमा ४० बस, १० माइक्रोबस र २० ट्याक्सी पार्किङ गर्न मिल्ने छ ।

मन्त्री श्रेष्ठले व्यवस्थित बसपार्क निर्माणले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । 

पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ । मन्त्री श्रेष्ठले पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गर्ने प्रतिबद्धतासमेत जनाए । 

salt training

कमेन्ट गर्नुहोस्