०४ साउन २०८३, सोमबार

नाडाल विम्बल्डनको सेमिफाइनलमा

असार २३, २०७९
नाडाल विम्बल्डनको सेमिफाइनलमा

स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सेन्टर कोर्टमा बुधवार राति अमेरिकाका टेलर फ्रिट्जलाई हराउँदै नाडालले अन्तिम चारमा स्थान बनाएका हुन् ।

दोस्रो वरियताका नाडालले ११ औं वरीयताका टेलरमाथि संघर्षपूर्ण जीत निकालेका हुन् ।

५ सेटमा लम्बिएको खेलमा नाडालले टेलरमाथि ३-६,७-५,३-६,७-५ र ७-६ (१०-४) को सेटमा जीत निकाले ।

३६ वर्षीय नाडालको यो ३ सय १० औं ग्रान्डस्लाम जीत हो ।

कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।

अब नाडालले फाइनल प्रवेशका लागि निक क्रिगोससँग खेल्ने छन् ।

महिलातर्फ सिमोना हालेपले सेमिफाइनलको यात्रा तय गरेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्