×

NMB BANK
NIC ASIA

साहसिक पर्यटन

ठाडो भीरलाई सोख र व्यवसायमा बदलेका राजु कार्की

असार २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘द क्लिफ’ । पछिल्लो समय सामाजिक सञ्जाल (यूट्युब, टिकटक, फेसबूक) मा निकै नै चर्चामा रहने गरेको नाम हो ‘द क्लिफ’ ।

Muktinath Bank

‘क्लिफ’ अंग्रेजी शब्द हो । यसको नेपाली अर्थ हुन्छ – ‘ठाडो भीर’ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालको हिमाली तथा पहाडी जिल्लाहरूमा पर्याप्त मात्रामा ठाडा भीर छन् । नेपालको अनेकौं विशेषता मध्येको एक यो पनि हो ।


Advertisment
Nabil box
Kumari

पर्यटन व्यवसायी राजु कार्कीले विगत १० वर्षदेखि ‘द क्लिफ’ सञ्चालन गरिरहेका छन् । ‘द क्लिफ’ कम्पनीलाई कार्कीले साहसिक पर्यटनको माध्यम बनाइरहेका छन् । उनले साहसिक पर्यटनको नविनतम स्वाद समेत पर्यटन पारखीहरूलाई चखाइरहेका छन् द क्लिफबाटै ।

Vianet communication
Laxmi Bank

सिन्धुपाल्चोकको खाडीचौरमा जन्मिएका कार्कीले स्थानीय शारदादेवी माध्यमिक विद्यालयबाट एसएसली उत्तीर्ण गरे । १२ कक्षाको अध्ययन समेत उनले त्यहीँबाट सकाए ।

१२ कक्षा अध्ययन गर्ने समयसम्ममा कार्कीलाई साहसिक खेलहरूमा रुचि लाग्न थालिसकेको थियो । सुनकोशीमा बेलाबखत पर्यटकहरूले र्‍याफ्टिङ गरेको उनले देखेका थिए ।

नदीमा पौडी खेलेको तथा बालुवामा उनी आफैं पनि हाम फाल्ने गरेको कार्की सम्झन्छन् । त्यस्तै दृश्यहरू हेर्दै र भोग्दै जाँदा कार्कीलाई यसमा रमाइलो लाग्थ्यो ।

१२ कक्षाको नतिजामा उनी उत्तीर्ण भए । नतिजा आएपश्चात उनले काम शुरू गर्ने सोच बनाए ।

सिन्धुपाल्चोकको ‘द लास्ट रिसोर्ट’ । नेपालकै पहिलो बन्जीजम्प भएको भोटेकोशीको ‘द लास्ट रिसोर्ट’ विदेशीहरूका लागि पनि आकर्षणको केन्द्र थियो । 

सोही रिसोर्टमा उनले आफ्नो औपचारिक जागिरे जीवन शुरू गर्ने अवसर पाए ‘ट्रेनी’का रूपमा । उनले शुरूमा रिसोर्टमा आफूले तालिम लिए र पछि अरूलाई नै काम सिकाउन थाले । 

बन्जी गर्न जानेहरूलाई डोरी बाँधिदिने, स्टेप सिकाउने जस्ता काम शुरूआती दिनहरूमा गरेको कार्की सम्झन्छन् ।

कार्कीले शुरूआती दिनमा मासिक ३ हजार ५०० रुपैयाँ पारिश्रमिक लिएर काम गरेका थिए । त्यो पनि सिजनमा मात्रै ।

समय बित्दै जाँदा कार्कीले रिसोर्टमा करीब ७ वर्ष काम गरे । शुरूआती दिनमा ‘ट्रेनी’ बनेका कार्की ७ वर्षपछि ‘इन्स्ट्रक्टर’ बनेर निस्किए । उनले रिसोर्टमा बन्जीतर्फको मुख्य जिम्मेवारी नै सम्हालेका थिए । 

रिसोर्टमै काम गर्दा परिचित भएकी फ्रेन्च नागरिक फ्लोरेन्ससँग उनले विवाह गरे । कार्कीलाई विवाहपश्चात फ्रान्स जानुपर्ने भयो । फ्रान्समा रहेकी उनकी सासुआमाको स्वास्थ्यमा समस्या आएपछि उपचार तथा भेटघाटका लागि पत्नीसँग फ्रान्स गएको कार्की सम्झन्छन् । 

फ्रान्स बसाइ नै कार्कीका लागि एउटा अवसर बनिदियो । फ्रान्समा कार्कीले करीब ३ वर्ष बिताए । 

स्वदेशमा रहँदै केही गरौं भन्ने सोच राख्ने कार्कीलाई फ्रान्सको ३ वर्षे बसाइले एक किसिमको हुटहुटी नै जगाइदियो ।

उनी भन्छन्, ‘फ्रान्स गएपछि मलाई नेपाल निकै नै मिस भयो । नेपालमै त्यति राम्रो अवसर छन्, विदेश किन आउँछन् होला है जस्तो लाग्थ्यो र नेपालमै केही गर्नुपर्छ भन्ने लाग्थ्यो ।’

फ्रान्स बसाइका क्रममा त्यहाँको साहसिक खेल तथा साहसिक पर्यटनबारे उनले अध्ययनहरू गरे । 

फ्रान्स, स्विजरल्याण्ड लगायतमा रहेको साहसिक खेल तथा पर्यटनहरूलाई उनले अध्ययन गरे । त्यसपछि नेपालमा आफैं केही काम गर्ने अठोट लिएर उनी फर्किए ।

सोचलाई साकार पारेको यो विन्दु

नेपाल फर्किएपश्चात उनले साहसिक पर्यटनलाई नै प्रवद्र्धन गर्ने गरी काम गर्ने योजना बनाए । त्यसका लागि भोटेकोशी आसपास नै तयारी थाले तर त्यहाँ उनले कसैको पनि साथ पाएनन् ।

उनले आफैंले काम शुरू गरेको लास्ट रिसोर्टसँग समन्वय गरेर काम शुरू गर्ने सोच राखेका थिए तर त्यहाँ भनेजस्तो भएन । 

विगत सम्झँदै कार्की भन्छन्, ‘भी आकारको रक क्लाइम्बिङ वा अन्य केही सञ्चालनमा ल्याउने भन्ने सोच थियो । त्यहाँ सफल भएन ।’

सिन्धुपाल्चोकमा आफूले सोचेजस्तो नभएपछि उनी कुष्मातर्फ लागे । कुष्माको अग्लो स्थानबारे उनले पहिले नै सुनेका थिए । 

त्यहीँ केही काम गर्न सकिन्छ कि भन्दै उनले केही समय अध्ययन गरे । कुष्मामा सरकारले बनाएको झोलुङ्गे पुललाई नै आधार बनाएर व्यवसाय सञ्चालन गर्ने उनको सोच थियो । 

उनले शुरूआतमा त्यहाँबाट बन्जीजम्प र पौडी खेलाउने योजना बुनेका थिए तर सरकारी जग्गामा काम गर्ने सोचले कारणवश धक्का खायो ।

‘प्रक्रियागत झमेला हुने, ढिला हुने जस्ता समस्याले सरकारी जग्गामा काम नगर्ने निधो गरें,’ उनले भने । करीब ७ वर्षअघिको सोचलाई साकार बनाउने पहिलो विन्दु उनलाई यहीँबाट मिल्यो । त्यसपछि उनले एउटा टीम खडा गरे । 

द क्लिफकै नामबाट आफैं पुल बनाउने र त्यहाँबाट सम्भव भएजति सबै पर्यटकीय गतिविधि सञ्चालन गर्ने सोच बनाएर काम अगाडि बढाए उनले । त्यहाँ करीब ६ वर्ष लगाएर द क्लिफले पुल सञ्चालनमा ल्याउन सफल भएको उनले बताए ।

पर्वतको कुष्माबाट शुरू भएर बाग्लुङको बलेवासम्म झोलुङ्गे पुल कोरोना महामारीपछि सञ्चालनमा आएको छ । कार्कीले पुललाई एसियाकै नमूना पुल बनाउने भनेर शुरू गरिएको स्मरण गरे । 

‘एसियाकै नमूना पुल बनाउने भनेका थियौं । संघर्ष पनि नमूना गर्‍यौं,’ उनले भने । 

नेपाल भ्रमण वर्ष २०२१ लाई लक्षित गरेर २०७७ वैशाख १ गतेबाट सञ्चालनमा ल्याउने भनिए पनि कोरोना महामारीका कारण केही समयपछि मात्रै यो सञ्चालनमा ल्याइएको थियो । जुन पुलको लम्बाई ५२० मिटर र २२८ मिटर उचाइ छ ।

विश्वकै दोस्रो अग्लो बन्जी

यो पुलबाट उनले नेपाललाई एक ऐतिहासिक बन्जी हबको रूपमा विकसित गराउने अभियानमा केही सफलता पाएका छन् । यस पुलबाट कार्कीले विश्वकै दोस्रो अग्लो बन्जी जम्प गराउँदै आएका छन् ।

बन्जी पारखीहरूले पुलबाट २२८ मिटर माथि उचाइबाट तल खोंचमा बन्जी हान्न सक्नेछन् । यस्तै सोही पुलबाट विश्वकै अग्लो स्वीङ गराउन पनि उनी सफल भएका छन् ।  

यसअघि विश्वकै अग्लो बन्जी मकाउबाट हुँदै आएको छ । मकाउपछिको यो विश्वकै अग्लोमध्ये दोस्रोमा पर्ने कार्की बताउँछन् ।

शुरूमा ३२ करोड लगानीमा द क्लिफले यहाँ बन्जी र स्वीङ शुरू गरेको थियो । व्यवसाय विस्तारसँगै लगानी पनि अहिले बढ्दै गएको छ । 

कार्कीका अनुसार अहिले सो क्षेत्रमा लगानी करीब ५० करोड रुपैयाँभन्दा बढी छ । व्यवसाय विस्तारका लागि कम्पनीले जग्गा समेत विस्तार गर्दै जाँदा लगानी बढ्न गएको उनी बताउँछन् । 

आकर्षणको केन्द्र बन्दै ‘मिनी एक्टिभिटिज्’

बन्जी र स्विङबाट शुरू भएको व्यवसाय अहिले ६ वटा ‘मिनी एक्टिभिटिज्’मा रूपान्तरित छ । जसमा क्रेजी ब्रिज, गुलेली पिङ, स्काई चेयर, फ्यामिली पिङ, हर्स राइडिङ लगायत छन् । 

कार्कीले द क्लिफमार्फत विश्वकै अग्लो लामो स्काई साक्लिङ खोलेका छन् । आकाशमा डोरीको सहायताले साइकलिङ गर्ने साहसिक खेल स्काइ साइकलिङमा खेल्न सकिन्छ ।

यस्तै कार्कीले कम्पनीमार्फत नेपालकै पहिलो ‘स्काई क्याफे’ सञ्चालनमा ल्याएका छन् । जुन विश्वकै उच्च स्थानमा रहेको कार्कीको दाबी छ । ‘स्काई क्याफे’ द क्लिफको नयाँ प्रकृतिको व्यवसाय हो ।

गत २०७८ फागुन १२ गते आफ्नी पत्नीसहित तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा समेत क्याफेमा पुगेका थिए । अर्थमन्त्री शर्मा क्याफेमा पुगिसकेपछि त्यसको चर्चा निकै भएको कार्की बताउँछन् ।

उनले भने, ‘मन्त्रीज्यू नै जानुभएपछि त्यहाँ धेरैको आकर्षणको केन्द्र बनेको छ ।’ यद्यपि अहिले वर्षा सिजन शुरू भएसँगै पर्यटक आगमनको संख्या घटेको छ । ‘यो समय अफसिजन हो, अहिले त पर्यटकीय गतिविधि घटेको छ,’ उनले भने ।

हालै मात्र स्काई क्याफेमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा पुगिन् । उच्च तहका अधिकारीहरूको भ्रमणले पनि अहिले केही सहज भएको कार्की बताउँछन् । स्काई क्याफेमा २ हजार ५०० रुपैयाँ तिरेर जो कोही पनि जान सक्छन् । 

कार्कीका अनुसार त्यहाँ १५ मिनेट बस्ने व्यवस्था मिलाइएको छ । त्यहाँ जुस र कफीसहित फूड प्लेटर पाइन्छ भने भिडियो र फोटोको शुल्क पनि सोही प्याकेज अन्तर्गत नै पर्छ । 

सो क्याफे पछिल्लो समय युवा पुस्ताको आकर्षणको केन्द्र बन्दै गएको कार्की बताउँछन् । करीब १ करोड लगानीमा स्काई क्याफे सञ्चालनमा ल्याइएको छ । 

कम्पनीले केही दिनअघि मात्रै स्काई ग्लाइडिङ सार्वजनिक गरेका छ । स्काई ग्लाइडिङ स्काई साइकल र जीपलाइनको समिश्रण भएको कार्कीले बताए ।

नेपालमा पहिलो पटक सार्वजनिक गरिएको स्काई ग्लाइडिङमा उभिएर मज्जा लिन सकिन्छ ।

विकासको नमूना 

द क्लिफले आफ्नो प्रोजेक्ट सो क्षेत्रमा सञ्चालन गरेपछि त्यस क्षेत्रको जीवनशैली नै फेरिएको कार्की बताउँछन् । अहिले बलेवा क्षेत्रमा शिक्षा तथा स्वास्थ्य सुविधाको पहुँच बढ्दै गएको उनको भनाइ छ । 

बागलुङ क्षेत्रमा पनि युवाहरू पलायनको दर कम भएको उनी बताउँछन् । सो क्षेत्रमा अहिले होमस्टे र होटलहरू पनि निकै खुलिरहेका छन् । 

ट्याक्सी समेतले रोजगारी पाएको भन्दै कार्कीले लोकान्तरसँग भने, ‘यसले विकास भनेको यस्तो हुने रहेछ है भन्ने चाहिँ त्यहाँ देखाएको छ ।’

द क्लिफलाई ब्राण्ड बनाउने योजना

द क्लिफको परियोजना अहिले करीब ४२ रोपनी क्षेत्रफलमा छ । उनले बिस्तारै नयाँ–नयाँ साहसिक खेलहरू अध्ययन गर्ने र सञ्चालनमा ल्याउने सोच बनाएका छन् । जसका लागि जग्गा र लगानी पनि विस्तार गर्दै जाने सोचमा उनी छन् ।

साथमा द क्लिफलाई एउटा मजबुत ब्राण्डको रूपमा विकास गरेर अगाडि बढ्ने समेत उनको योजना छ । पछिल्लो समय आन्तरिक पर्यटकहरूको बाक्लो उपस्थितिले व्यवसायलाई टेवा दिएको भन्दै युवाहरूका लागि थप योजना ल्याउने उनको सोच छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x