३१ असार २०८३, बुधबार

पशुपति क्षेत्रमा २ दिने राष्ट्रव्यापी सनातन धर्म सम्मेलन शुरू

पशुपति क्षेत्रमा २ दिने राष्ट्रव्यापी सनातन धर्म सम्मेलन शुरू

राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा दुईदिने राष्ट्रव्यापी सनातन धर्म सम्मेलन पशुपति क्षेत्रमा आइतवारबाट शुरू भएको छ । 

सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले नेपालको गुमेको हिन्दूराष्ट्रको पहिचान छिट्टै पुनर्स्थापित हुने विश्वास व्यक्त गरे । धर्मपरिवर्तनको डढेलोलाई रोक्न सबै जागरुक हुनुपर्ने उनले बताए । 

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले नेपालको वैदिक सनातन सभ्यताबारे जानकारी दिएका थिए । 

कार्यक्रममा प्रतिनिधिरुपमा करीब ६० जिल्लाका धार्मिक अगुवाहरू सहभागी छन् । 

सम्मेलन भोलि (सोमवार)सम्म जारी रहने छ ।

salt training

कमेन्ट गर्नुहोस्