×

NIC ASIA

संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता हुन्छः गगन थापा

असार २७, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले राष्ट्रियसभामा पेस गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुने बताएका छन् । उक्त विधेयक आज-भोलि मै फिर्ता हुने उनको दाबी छ । 

नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर २ प्रदेश सभा (क) ले सोमवार आयोजना गरेको भेलालाई सम्बोधन गर्ने क्रममा उनले उक्त विधेयकको सबैतिरबाट आलोचना भएकाले फिर्ता गरिन लागेको जानकारी दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले भेटेर उक्त विधेयक फिर्ता लिन आफूहरूले आग्रह गरेको जानकारी दिए । भेटका क्रममा सभापति देउवाले आफूहरूलाई उक्त विधेयक तत्कालै फिर्ता लिने विश्वस्त पारेको उनको भनाइ थियो । ‘पार्टीका पदाधिकारीहरूले दिएको सुझावलाई सभापतिजीले गम्भीरतापूर्वक लिनु भएको छ । आज भोलिमा नै त्यो विधेयक फिर्ता होला,’ उनले भने ।   


Advertisment
Rupse Holidays
Nabil box

पूर्ववर्ती सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याउँदा तत्कालीन समयमा प्रमुख प्रतिपक्ष कांग्रेसले विरोध गरेको स्मरण गर्दै थापाले हिजो गलत भनिएको कुरा आज पनि गलत नै भएको जिकिर गरे ।  

Vianet communication

प्रधानमन्त्री देउवाले गत बुधबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभामा पेश गरेका थिए । 

विधेयकमा ऐनको दफा ६ को उपदफा ३ मा अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्य उपस्थित भएमा परिषदको बैठकको लागि गणपूरक संख्या पुगेको मानिने उल्लेख  छ । 

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पनि पदमा बहाल पदाधिकारीमध्ये बहुमत पुग्ने पदाधिकारी उपस्थित भए गणपूरक संख्या मानिने व्यवस्था राखेर विधेयक पेश गरेको थियो । उक्त विधेयकविरुद्ध सभामुख अग्निप्रसाद सापकोटा रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । सो सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ । 

संविधानमा प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलको नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने प्रावधान छ । हाल उपसभामुख पद रिक्त छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x