
पतिपत्नीबीच सामान्य खटपट त भइरहन्छ तर पत्नीले रिसाएर परपुरुषसँग शारीरिक सम्पर्क राख्छु भनेपछि कस्तो अवस्था आउला ?
भारतको छत्तीसगढस्थित बेमेतरा जिल्लामा एक पतिले पत्नीको हत्या गरेका छन् । सम्बन्धविच्छेदको चरणमा पुगेको सम्बन्धमा झगडा हुँदा पत्नीले १० परपुरुषसँग तिम्रै सामुन्ने शारीरिक सम्बन्ध राख्छु भनेर धम्की दिएपछि पतिले हत्या गरेका हुन् ।
पतिले पत्नीको घाँटी च्यापेर हत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हत्या गरेपछि आत्महत्या देखाउन पतिले पत्नीलाई फाँसीको डोरीको झण्ड्याएका प्रहरी अनुसन्धानले देखाएको छ । रोजगारीका क्रममा पत्नीसँगै लखनऊमा रहेका बेला पत्नी परपुरुषसँग शारीरिक सम्पर्क गरिरहेको बेला रङ्गेहात देखिएकी थिइन् । त्यसपछि गाउँ फर्किएर पतिले पत्नीविरुद्ध प्रहरीमा रिपोर्ट दिएका थिए ।
प्रहरीमा उजुरी पुगेर सम्बन्धविच्छेदको कुरा चलिरहेका बेला पत्नीले झगडा गर्दै पतिलाई भनिन्, ‘सम्बन्धविच्छेद गरेर भागहिस्सा लिएर तिम्रै घरमा बस्छु, तिम्रै अगाडि १० जना परपुरुषसँग पालैपालो शारीरिक सम्बन्ध राख्छु, त्यतिबेला तिमी केही पनि गर्न सक्ने छैनौ ।’
पत्नीको यस्तो कुरा सुनेर आक्रोशित हुँदै पतिले हत्या नै गरिदिएको प्रहरीले जनाएको छ ।