२८ जेठ २०८३, बिहीबार

केटाकेटी सहमतिमै सुरक्षित स्थान खोज्दै होटलमा जान्छन्, प्रहरी पछाडि लागेर हुन्छ ?– सांसद महत

केटाकेटी सहमतिमै सुरक्षित स्थान खोज्दै होटलमा जान्छन्, प्रहरी पछाडि लागेर हुन्छ ?– सांसद महत
फाइल फोटो

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले सहमतिमा हुने सहवासका लागि सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने बताएका छन् । 

यौन हिंसा विरुद्धको केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०७९ माथि सोमवार संसदमा भएको छलफलका क्रममा सांसद महतले यौन हिंसा नियन्त्रणको कुरा गर्दा त्यस्तो ठाउँ जरुरी रहेको बताएका हुन् । 

‘केटाकेटी सहमतिमा सुरक्षित स्थान खोज्दै जान्छन्, प्रहरी तिनीहरूलाई खोज्दै हिँडेको हुन्छ । यो पनि तरिका हो ? यसरी रोकिन्छ ? भाले मौरीले, रानी मौलाई सहवास गर्‍यो भने उसको मृत्यु हुन्छ, तर पनि उसले सहवास गर्छ, यो बुझिराख्नुस्,’ सांसद महतले संसद् बैठकमा भने, ‘तपाईंको कानूनले कहाँ छेक्छ ? फ्रेस एरिया राख्नुको सट्टा प्रहरी डन्डा समाएर केटाकेटीको पछाडि लागेर होटलमा पुग्छन् ? यही हो तरिका ? यो पनि तरिका हो ?’ महतले यसो भनिरहँदा सांसदहरू गलल्ल हाँसेका थिए । 

महतले विगतमा बाँकेको नेपालगञ्जमा सहवास गर्ने फ्रेस एरिया रहेको सम्झाउँदै त्यस्तो ठाउँ आवश्यक पर्ने बताए । यसअघि गण्डकी प्रदेशका एक मन्त्रीले रेडलाइट एरियाको प्रस्ताव गर्दा चर्को विरोध भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्