२५ असार २०८३, बिहीबार

अहिलेको प्राथमिकता निर्वाचन हो, चुनाव जित्न कांग्रेसभित्र एकता गरेर जानुपर्छ- प्रदीप पौडेल

अहिलेको प्राथमिकता निर्वाचन हो, चुनाव जित्न कांग्रेसभित्र एकता गरेर जानुपर्छ- प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीभित्र बृहत् एकता गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् । 

सोमवारबाट सानेपामा शुरू भएको पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी भएका पौडेलले पार्टीको प्राथमिकता पनि निर्वाचन भएको बताएका हुन् । 

‘नेपाली कांग्रेसभित्र बृहत एकता गरेर निर्वाचनमा जाने, सबै समितिहरूलाई पूर्णता दिने, स्थानीय निर्वाचनको समीक्षा गरेर निचोड निकाल्ने, निर्वाचनमा आवश्यक रणनीति तय गरेर उम्मेदवार छनौट गर्ने, नेपाली समाजमा परिवर्तन ल्याउने तरिकाको घोषणापत्र तयार पारेर निर्वाचनमा जाने हो,’ उनले भने, ‘पार्टीभित्रको अन्तरविरोध न्यूनीकरण गर्ने, चुस्तदुरुस्त र प्रभावकारी बनाएर जानुपर्छ ।’

यस्तै उनले महँगी नियन्त्रण, शान्ति सुरक्षा कायम राख्ने काम सरकारले गर्नुपर्ने बताए । ‘अलोकप्रिय निर्णयहरू सरकारले गर्नुहुँदैन,’ उनले भने । 

बैठकमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्