०८ असार २०८३, सोमबार

घुससहित पक्राउ परेका प्रधानाध्यापक र विव्यस अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

घुससहित पक्राउ परेका प्रधानाध्यापक र विव्यस अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

घुससहित पक्राउ परेका महोत्तरीको मावि एकडाराका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रूपैयाँ घुससहित २०७९ जेठ १९ गते पक्राउ परेका दुवै जनाविरुद्ध सोमवार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । 

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उक्त विद्यालयका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद पासवान सेवाग्राहीसँग ५० हजार रूपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्