२८ जेठ २०८३, बिहीबार

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । 

भक्तपुरको सूर्यविनायक नगरपालिका १० चित्तापोलमा रहेको पिसफूल रिसोर्टमा लगी बालिकालाई जबरजस्ती गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका ९ ताथलीका २७ वर्षीय टिकाराज कटुवाललाई पक्राउ गरेको हो । 

कटुवालले आइतवार साँझ ती बालिकालाई रिसोर्ट लगी जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ । 

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्