३० जेठ २०८३, शनिबार

नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार शुरू

नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार शुरू

नबिल बैंक र नेपाल बंगलादेश बैंकले आजबाट एकीकृत कारोबार शुरू गरेका छन् । दुई बैंकको मर्जपछि नबिल बैंक लिमिटेड नामबाट एकीकृत रूपमा वित्तीय कारोबार शुरू भएको हो ।

‘क’ वर्गको इजाजतप्राप्त नबिलले नेपाल राष्ट्र बैंकको अनुमतिबाट नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेको हो । 

प्राप्तिसँगै अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको छ । यससँगै नबिल बैंक देशकै सबभन्दा ठूलो वित्तीय संस्था भएको छ ।

‘नबिल र एनबी बैंक एकआपसमा प्राप्ति (एक्विजिसन) को औचित्यमाथि छलफलपश्चात बैंकप्रति सर्वसाधारणको विश्वास कायम गर्न यस्तो कदम चालेका हौँ’, बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले भने ।
उनले नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सम्मानित संस्थाहरू एक हुनु सकारात्मक भएको बताएका छन् । यसबाट ग्राहकले अझै अझै विस्तारित सेवा प्राप्त गर्ने उनको भनाइ छ । 

उनले मर्जरले बैंकिङ प्रणालीलाई थप सुशासित, सुरक्षित, स्वच्छ कुशल तथा सक्षम बनाई बैंकिङ क्षेत्रको स्थायित्वमा टेवा पुर्‍याउने बताए । बैंक ठूलो भएसँगै बैंकिङ प्रणाली, मानव संशाधन, प्राविधिक तथा अन्य क्षमता अभिवृद्धि गरी सर्वसाधारणलाई गुणस्तरीय बैंकिङ्ग सुविधा प्रदान गर्ने लक्ष्य लिइएको उनले बताए । 

‘हामीले हाम्रा निक्षेपकर्ता, लगानीकर्ता र सरोकारवालाहरूको हित संरक्षण गर्ने गरी देशव्यापी शाखाहरूको सञ्जाल विस्तार गर्नेछौँ,’ उनले भने, ‘वित्तीय सेवामा सर्वसाधारणको पहुँच अभिबृद्धि गर्ने पूँजीगत आधार सुदृढ गरी सम्भावित वित्तीय तथा ख्याति सम्बन्धी जोखिमलाई न्यूनिकरण गर्न अग्रणी भूमिका खेल्ने नीति लिनेछौँ ।’

सबै सूचकांकहरूमा अग्रणी स्थानमा कायमै रहने लक्ष्यका साथ एकीकृत कारोबार शुरू गरिएको उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्