बैंगलोर, २० पुस– भारतको बैंगलोरस्थित कमनहलि सडकमा मोटर साइकलमा आएका दुइ अपरिचित व्यक्तिले न्यू ईयर इभ मनाएर राति घर फर्किँदै गरेकी एक युवतीमाथि दूर्व्यहार गरेको सिसीटिभी फुटेज सार्वजनिक भएको छ ।
न्यू इयर इभबाट फर्किँदै आएकी ती महिला आइतवार राति करिब साढे दुईबजेतिर रिक्साचढेर घर फर्किएकी थिइन् । रिक्साले उनलाई घरबाट करिब ५० मिटर अगाडिको बाटोमा छोडेका थिए । त्यसपछि ती महिला हिँड्दै कमनहलि सडक हुँदै घर फर्कँदै थिइन् ।
त्यति नै बेला मोटरसाइकल चढेर दुई जनाले ती महिलालाई पछ्याउँदै आइरहेका थिए । एकान्त सडकमा हिँडिरहेकी ती युवतीमाथि मोटरसाइकलमा आएका व्यक्तिले दूर्व्यहार गरेका थिए ।
मध्यराति ती महिला कराएर गुहार मागेका थिए । तर उनको सहयोग गर्ने त्यहाँ कोही पनि आएका थिएनन् । दूर्व्यहारपछि ती युवतीलाई उनीहरु सडकमा फालेर हिँड्छन् ।
कमनहलि सडकमा रहेको सिसीटिभीमा महिलामाथि भएको यो सबै दूर्व्यहार कैद भएको थियो ।
महिलामाथिको उक्त घटना सार्वजनिक भएपछि बैगलोरको मुख्य सडकपनि महिलाको लागि सुरक्षित नभएको भन्दै त्यहाँका स्थानीयले विरोध गरिरहेका छन् ।
बैंगलोरका प्रहरी कमिसनर प्रविण सुदले न्यू इयर इभको राति भएको उक्त घटनाको बारेमा प्रहरीमा एफआइआर दर्ता गरिएको र दोषीलाई कारबाही गर्ने जानकारी दिए । टाइम्स अफ इन्डिया