×

NIC ASIA

दुई बालकलाई तालिम दिएर लुटकाे धन्धा, सुनको सिक्री लुटेपछि प्रहरीको फन्दा

असार ३०, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

गत आइतवार रुपन्देहीको कञ्चन गाउँपालिका ४ वनकसियामा एक वृद्धले लगाएको सुनको सिक्री लुटियो । आइतबारे बजारमा टमाटर किन्न गएकी सोही ठाउँ बस्ने ७० वर्षीया वृद्धाको ३ तोला ४० लालको सिक्री लुटिएको थियो । 

लुटेराहरू वयस्क थिएनन् । २ नाबालकले वृद्धाले लगाएको सिक्री लुटेर भागेका थिए । यो घटनाले प्रहरीलाई चकित बनायो । त्यसपछि इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले आवश्यक अनुसन्धान थाल्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लुटेराको खोजी गर्ने क्रममा सोमवार कञ्चन गाउँपालिका–४ बनकसिया डिहोमा लुकिछिपी हिँडिरहेका दुई बालकसहित पर्सा पटेर्वा सुगौली घर भई रुपन्देही कञ्चन गाउँपालिका–४ हर्नाचौर बस्दै आएका ३६ वर्षीय विजय रायनट पक्राउ परे । पक्राउ परेका एक बालक ११ वर्षका र अर्का बालक १२ वर्षका थिए । उनीहरूको साथबाट लुटिएको सिक्री पनि बरामद भयो । 


Advertisment
Rupse Holidays
Nabil box

केन्द्रीय प्रहरी समाचार कक्षबाट प्राप्त विवरणअनुसार विजयले ती दुई बालकलाई लामो समय तालिम दिएर सिक्री लुट्न पठाएका थिए । प्रारम्भिक अनुसन्धानको क्रममा विजयले करिब एक महिनासम्म आफ्नै गाउँका ती दुई बालकलाई रुपन्देही हर्नाचौरमा बोलाई सुनको सिक्री कसरी चोर्ने र कसरी भाग्ने भन्ने तालिम दिएका थिए ।

Vianet communication

तालिम दिएपछि उनले ती दुई बालकलाई भिडभाड भएको स्थानमा विभिन्न धनमाल लुट्न पठाउने गरेका थिए । त्यसअघि पनि उनीहरूले अन्य व्यक्तिहरूलाई लुटपाट गरेको हुनसक्ने प्रहरीको अनुमान छ । 

प्रहरीले उनीहरूविरुद्ध चोरीसम्बन्धी कसूरमा म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको बताएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १०, २०८१

मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x