३० जेठ २०८३, शनिबार

एसको ‘एक सिक्का’ नाटक शनिवार प्रदर्शन हुने

एसको ‘एक सिक्का’  नाटक शनिवार प्रदर्शन हुने

एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका स्नातकका विद्यार्थीद्वारा आयोजित गरिने ‘एस वार्षिक नाटक’ शनिवार प्रदर्शन गरिने भएको छ ।

बिहीवार काठमाण्डौंमा एक  पत्रकार सम्मेलन गर्दै यसपालिको नाटकको नाम ‘एक सिक्का’ राखेको आयोजकले जानकारी दिएको छ । 

जसको नाट्य, आलेख र निर्देशन प्रदिप कुमार चौधरी र सह–निर्देशन भरत लिम्बुले गरेका छन् ।

सो नाटक दिउसो १ बजे र बेलुका ५ बजे प्रज्ञा प्रतिष्ठानमा प्रदर्शन गरिने इन्स्टिच्युटले जनाएको छ ।

एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका एशोसिएट डाइरेक्टर रजत बज्राचार्य, निर्देशक प्रदिप कुमार चौधरी, नाटककार सिद्धार्थ घिमिरे, नाटककार अमिता खड्का र नविस कठायतले  नाटकका बारेमा जानकारी गराएका थिए ।

एस वार्षिक नाटक’ २०६८ सालदेखि शुरू भएको हो । विगत १० वर्षदेखि विद्यार्थीहरुले हरेक बर्ष नाटक गर्दै आएका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्