२२ जेठ २०८३, शुक्रबार

सरोकारवाला पक्षसँग सुझाव लिँदै शहरी विकासमन्त्री चौधरी

सरोकारवाला पक्षसँग सुझाव लिँदै शहरी विकासमन्त्री चौधरी

शहरी विकासमन्त्री मेटमणि चौधरीले सुन्दर, सफा, हराभरायुक्त शहर र स्वस्थ मानव जीवन कसरी बनाउने भन्नेबारे सरोकारवालासँग निरन्तर संवाद गरी सुझाव लिन थालेका छन् ।

सोही क्रममा मन्त्रालयको आयोजनामा शुक्रवार काठमाडौंको साँखुस्थित भगवती माविका विद्यार्थीसँग सुझाव तथा राय लिने कार्यक्रम तय भएको उनका प्रेस संयोजक सूर्य बिसीले जानकारी दिए ।

प्राप्त सुझावकै आधारमा कार्यशैली र कार्ययोजनामा सुधार गर्दै अल्पकालीन तथा दीर्घकालीन योजना बनाउँदै सुन्दर शहर निर्माणको लक्ष्य हासिल गर्न सकिने सोचका साथ मन्त्री चौधरीले यस्ता कार्यक्रम तय गरेका जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्