२९ जेठ २०८३, शुक्रबार

सीजीले बजारमा ल्यायो नेटबाट चलाउन सकिने विद्युतीय उपकरणहरू

सीजीले बजारमा ल्यायो नेटबाट चलाउन सकिने विद्युतीय उपकरणहरू

सीजीले आफ्नो सीजी मेरिडिया सिग्नेचर सिरिज’अन्तर्गत इन्टरनेटको माध्यमबाट चलाउन सकिने विविध प्रिमियम विद्युतीय उपकरणहरू बजारमा ल्याएको छ। 

यी उपकरणहरू इन्टरनेटसँग जोडेपछि जहाँबाट पनि चलाउन सकिने कम्पनीले बताएको छ।

आफ्ना सुरूवाती दिनहरूदेखि नै परिष्कृत र उन्नत प्रविधिको उत्पादनहरू नेपाली बजारलाई उपलब्ध गराएर लोकप्रियता बटुल्दै आइरहेको सीजीले यस पटक आइओटी (इन्टरनेट अफ थिङ्ग्स) सुविधासहितको प्रिमियम मल्टी डोर तथा साइड बाई साइड रेफ्रिजेरेटर र एसी बजारमा ल्याएको हो। 

यी आईओटी प्रोडक्टहरूलाई केवल एउटा सीजी स्मार्ट होम एपमार्फत सजिलै चलाउन सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यसमा यी प्रोडक्टहरू एक अर्कासँग इको स्टिमको तरिकाले जोडिएका हुन्छन्।

आईओटी सुविधाको साथ अब ग्राहकले आफ्नो घर र कोठा घरबाहिर भएको बेला पनि चाहिएको अनुसार तापक्रममा कोठालाई न्यानो वा शीतल बनाउन सक्ने र रेफ्रिजेरेटरलाई पनि कन्ट्रोल गर्न सकिने कम्पनीले उल्लेख गरेको छ। 

कम्पनीले रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी तथा मोटरमा र एसीमा ५ वर्षको वारेन्टी कम्प्रेसरमा पनि दिएको छ।      

यी उपकरणहरूको साथ ग्राहकहरूको जीवन अब अझ सुविधायुक्त, सहज, स्मार्ट र प्रभावकारी हुने कम्पनीले जनाएको छ। 

यसका अतिरिक्त, आईओटी सुविधायुक्त सीजी मेरिडिया सिग्नेचर सिरिज’का अन्य उपकरणहरू पनि चाँडै बजारमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्