
ब्राजिलका राष्ट्रपति जाइर बोल्जोनारोले रुस र युक्रेनबीच चलिरहेको युद्ध अन्त्य गर्ने तरिका आफूलाई थाहा भएको बताएका छन् ।
अर्को साता युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीलाई आफ्नो सुझाव फोनमा बताउने पनि उनले जानकारी दिए ।
‘म उनलाई आफ्नो धारणा बताउनेछु । यसको समाधान कसरी गर्ने, मलाई थाहा छ । तर म अरू कसैलाई बताउँदिनँ,’ बोल्जोनाराले मारान्हाओमा पत्रकारहरूलाई बताए ।
‘सन् १९८२ मा अर्जेन्टिनाले बेलायतसँगको युद्ध अन्त्य गरे जस्तै यसको समाधान सम्भव छ,’ उनले बताए । तर यसको विस्तृत विवरण उनले दिन मानेनन् ।
अर्जेन्टिना र बेलायतबीच फाकल्यान्ड आइल्यान्डका विषयमा सानो युद्ध चलेको थियो । दुई महिनाको युद्धपछि अर्जेन्टिनाले आत्मसमर्पण गरेको थियो ।
बोल्जोनारो र जेलेन्स्कीबीच जुलाई १८ मा वार्ता हुँदैछ । जेलेन्स्कीले बोल्जोनारोसँग कुराकानी गर्न खोजेका थिए र बोल्जोनारोले त्यसलाई तत्काल स्वीकार गरे ।