३१ असार २०८३, बुधबार

प्रचण्ड भारत भ्रमणमा जानुअघि बालुवाटारमा सत्ता गठबन्धनको बैठक

प्रचण्ड भारत भ्रमणमा जानुअघि बालुवाटारमा सत्ता गठबन्धनको बैठक
फाइल तस्बिर

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण जानुअघि सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । 

प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी बैठकमा प्रचण्डको भारत भ्रमणलगायतका विषयमा छलफल भइरहेको बताइएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आजै भारत भ्रमणमा जाँदै छन् । सरकार प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन घोषणाको तयारीमा रहेका बेला हुन लागेको प्रचण्डको भारत भ्रमणलाई चासोका साथ हेरिएको छ । 

त्यस्तै, बैठकमा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’बारे छलफल हुने एक नेताले जानकारी दिए । सरकारले शुक्रवार बस्ने संसद बैठकमा संक्रमणकालीन न्यायसँग जोडिएको कानुन संशोधनको विधेयक पेश गर्ने तयारी गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्