श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षले सिंगापुरबाट ईमेलमार्फत पठाएको राजीनामा संसद् सभामुखले स्वीकार गरेका छन् ।
सभामुख महिन्दा यापा अभयवर्दनेले शुक्रवार त्यसको औपचारिक घोषणा गरेका छन् । संकटग्रस्त अर्थतन्त्र समहाल्न नसकेपछि परिवारमाथि नै जोखिम आएकाले गोटाबाया राजपक्ष देश छोडेर भागेका हुन् ।
राजधानी कोलम्बोमा अहिले पनि तनावको स्थिति छ । संसद् भवनबाहिर ट्यांक तैनाथ गरिएको छ । शुक्रवार बिहानसम्म कर्फ्यु लगाइएको छ ।
राजपक्ष भागेपछि नयाँ राष्ट्रपति निर्वाचित नहुन्जेल प्रधानमन्त्री रनिल विक्रमसिंघेले राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् ।
निर्वाचन प्रक्रियामा सबै सांसदहरू सहभागी बन्ने अवसर दिलाउने गरी शान्तिपूर्ण वातावरण बनाउन विक्रमसिंघेले जनतासमक्ष माग राखेका छन् । यो प्रक्रिया सात दिनभित्र पूरा गर्नुपर्ने हुन्छ ।