२४ जेठ २०८३, आइतबार

संघीयता अनुकूल साँस्कृतिक नीति बनाउनुपर्छः मन्त्री श्रेष्ठ

संघीयता अनुकूल साँस्कृतिक नीति बनाउनुपर्छः मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संघीय नेपालमा भाषाको संरक्षण र सम्बद्र्धका लागि परिमार्जित सांस्कृतिक नीति तयार गर्ने प्रतिबद्धता जनाएका छन् । जनकपुरधाममा नेपाल विद्यापति पुरस्कार कोषले आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले सीमान्त समुदायको भाषा, साहित्य र कला संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न समयानुकूल साँस्कृतिक नीति छिट्टै तर्जुमा गरिने बताए । 

भाषिक र सांस्कृतिक विविधतासहितको मुलुकले विविधताभित्र एकताको सन्देश दिन सक्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ थियो । 

कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाल विद्यापति पुरस्कार २०७८ बाट पाँच जना स्रष्टालाई पुरस्कृत गरेका थिए । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कारबाट रमेशरञ्जन झा, नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कारबाट निर्मला झा र अशोककुमार दत्त, नेपाल विद्यापति अनुसन्धान पुरस्कारबाट सुर्यप्रसाद यादव र अर्जुनप्रसाद गुप्ता पुरस्कृत भएका छन् । 

चौँधौ शताब्दीका प्रसिद्ध कवि विद्यापतिको नाममा स्थापित कोषले मैथिली भाषाका स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ । विद्यापतिद्वारा रचित गीतहरू अहिले पनि मिथिलाबासीको जनजिब्रोमा झुण्डिएको छ भने बंगाल, उडिसा, असम र काठमाडौंका मन्दिरहरूमा भजनका रूपमा गुञ्जिदै आएको छ । विद्यापतिका गीत र रचनाहरू नेपाली अभिलेखालयमा सुरक्षित रहनु गौरवको विषय भएको मन्त्री श्रेष्ठको भनाइ थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्