
नेपाल बैंक लिमिटेडले उच्च ब्याजदरसहित आकर्षक विशेषताहरु भएको ‘नेपाल बैंक पायनियर बचत खाता’ सञ्चालनमा ल्याएको छ । उक्त बचत खातामा उच्च व्याजदर वार्षिक ८.०३ प्रतिशत रहेको बैंकले जनाएको छ ।
उक्त खातावाललाई १० लाख सम्मको निःशुल्क दुर्घटना बीमा सुविधासमेत दिइएको छ । यसैगरी पायनियर बचत खाता खोल्ने ग्राहकले निःशुल्क डेबिट र क्रेडिट कार्ड सुविधा, डिजिटल बैंकिङ सुविधा तथा लकर सूविधामा ५० प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ । त्यस्तै, निःशुल्क डिम्याट खाता तथा सिआस्वालगायतका सुविधा पनि दिइने बैंकले जनाएको छ ।
बैंकले नेपालभर २१९ शाखाहरू, १८२ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको दाबी गर्दै आएको छ ।