१४ असार २०८३, आइतबार

सुनका गहना तथा नगद चोरी गरेको अभियोगमा एक किशोर पक्राउ

सुनका गहना तथा नगद चोरी गरेको अभियोगमा एक किशोर पक्राउ

सुनका विभिन्न गहना तथा नगद ४६ हजार रुपैयाँ चोरी गरेको अभियोगमा विराटनगरबाट एक किशोर पक्राउ परेका छन् । 

विराटनगर महानगरपालिका–८ मधुमारा बस्ने ४३ वर्षीय राजेश साहको घरबाट असार २९ गते राति सुनका विभिन्न गहना तथा नगद चोरी गरेको घटनामा संलग्न रहेको आरोपमा विराटनगर १३ का १८ वर्षीय किशोर पक्राउ परेका हुन् । 

उनले १ थान मंगलसुत्र, १ थान चेन, ४ थान झुम्का, १ थान लकेट, १२ आनाको औठी, १ थान तिलहरी तथा चाँदीको पाउजु र २ थान सिक्री र ४६ हजार रुपैयाँ चारेको प्रहरीको आरोप छ । प्रहरीले उनको साथबाट ती सबै सामग्री बरामद भएको प्रहरीले जनाएको छ । यसअघि पनि उनी चोरी मुद्दामा सजाय पाइसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

उनी उपर चोरी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्