१७ असार २०८३, बुधबार

ठेकेदार सुमन पन्थको साथमा रहेको २० लाख रुपैयाँ लुटपाट

ठेकेदार सुमन पन्थको साथमा रहेको २० लाख रुपैयाँ लुटपाट

पाल्पामा सडक ठेकेदार सुमन पन्थ लुटिएका छन् । पन्थसहित दुई जनाको साथबाट नगद २० लाख रुपैयाँ आइतवार राति तानसेनबाट लुटिएको हो । 

तानसेन नगरपालिका–५ ढुंगाखानीस्थित सडकबाट पूर्वखोला गाउँपालिकास्थित निर्माणाधीन पूर्वखोला पहुँच मार्ग र गुल्मी जिल्लाको स्यालबिसौना–थोर्गा–पानीट्यांकी सडकका ठेकेदार हुन् । 

पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको प्र ३ ०१–०२४ च ९१४३ नम्बरको कारमा सवार पन्थसहित तीन जना तानसेन नगरपालिका–५ ढुंगाखानी नजिकै कार रोकी पिसाब फेर्न झरेका थिए । सोही क्रममा उनीहरू लुटिएको प्रहरीले जनाएको छ । 

पन्थसमेत दुई जनालाई लुटेराहरूले हेल्मेटले कुटपिट गरी साथमा रहेको उक्त नगद तथा कारको चाबीसमेत लुटेर फरार भएका थिए । कुटपिटबाट घाइते भएका पन्थसमेत दुई जनालाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख जनकबहादुर शाहीले घटनामा संलग्न रहेको आशंकामा चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको उनले बताए । 

पन्थ रुपन्देही सैनामैनाका बासिन्दा हुन् । 

salt training

कमेन्ट गर्नुहोस्