०५ साउन २०८३, मंगलबार

प्रचण्डको भारत भ्रमणका बारेमा झुठा प्रचार गरियोः सुरेश आले मगर

प्रचण्डको भारत भ्रमणका बारेमा झुठा प्रचार गरियोः सुरेश आले मगर
फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवासँग भएको भेटबारे झूटा प्रचार गरिएको बताएका छन् । दुई नेताबीचको भेटका सन्दर्भमा झुठा प्रचार गरिएको भन्दै उनले आपत्ति जनाएका हुन् । 

राष्ट्रियसभाको सोमवारको बैठकमा सांसद आलेमगरले दाहाल–राणाबीचको भेटवार्ता सामान्य भेटवार्ता भएको दाबी गरे । उक्त भेटमा संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जानेदेखि लिपुलेक, कालापानी र लिम्पियाधुरासहित समेटेर बनाइएको नक्सा खारेज गर्नेसम्मको सहमति भएको भन्दै झुटा प्रचार गरिएको उनको दाबी छ । 

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौंथाईवालेको उपस्थितिमा भएको भेटमा यस्तो सहमति हुनै नसक्ने उनको जिकिर छ । ‘एउटा पार्टीको विदेश विभाग प्रमुखको उपस्थितिमा कमरेड प्रचण्ड–आरजु राणाजीको बैठकले त्यस्तो निर्णय गर्न सक्छ ? वाहियात कुरा । झुट कुरा,’ उनले भने । 

उनले नेकपा एमालेको वित्त तथा योजना आयोगमा सदस्य राखिएको एम अधिकारी को हो ? भनी प्रश्न पनि गरेका छन् । एमालेले भनेजस्तो एम अधिकारी  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभए को हो त ? भन्ने प्रश्न गर्दै भनेका छन्, ‘हामीले मान्यौँ एम अधिकारी भन्ने अहिले राष्ट्र बैंकको गभर्नर हुनुहुन्न रहेछ, त्यो मानियो । त्यो को हो त ?’ 

उनले सिंगापुर प्रहरीमा गोर्खालीहरूलाई तलब–भत्तामा ठूलो विभेद हुने गरेको उल्लेख गर्दै त्यो समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । 
 

salt training

कमेन्ट गर्नुहोस्