२९ जेठ २०८३, शुक्रबार

जीपको ठक्करबाट युवतीको मृत्यु

जीपको ठक्करबाट युवतीको मृत्यु

गोरखामा जीपको ठक्करबाट आज एक युवतीको मृत्यु भएको छ । अजिरकोट गाउँपालिका–३ भच्चेक सडखण्डमा ग१ज ४६८६ नंको जीपको ठक्करबाट मोटरसाइकलमा सवार अजिरकोट गाउँपालिका–२ की २३ वर्षीया मेलिना गुरुङको मृत्यु भएको हो । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार भच्चेकबाट चित्रेपोखरीतर्फ गइरहेको प्र३–०३ पा ४८१५ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको जीपले ठक्कर दिएको हो । मोटरसाइकलको पछाडी सवार मेलिना गम्भीर घाइते भएकी थिइन् । उनको मोडर्न अस्पताल भच्चेकमा उपचारका क्रममा मृत्यु भएको लामिछानेले बताए । 

    दुर्घटनामा मोटरसाइकल चालक मेलिनाका दाजु ३५ वर्षीय मनराज गुरुङ घाइते भएका छन् ।  जीपका चालक सिरानचोक गाउँपालिका–५, छोप्राकका २४ वर्षीय रवि नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्