
काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ डालावेशीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमवार राति डालावेशीमा भएको मोटरसाइकल दुर्घटनामा चालक सिन्धुलीको मझुवा गाँउपालिका–५ बस्ने १९ वर्षीय मिलन मग्राती मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार २१ वर्षी प्रेम मंग्राती घाइते भएका छन् । उनी मृतकको सहोदर दाजु रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमवार राति काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ७० प ४१८२ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएको थियो । त्यसक्रममा घाइते भएका मिलनको धुलिखेल अस्पतामा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते प्रेमको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको काभ्रे प्रहरीले जनाएको छ ।