×

NMB BANK
NIC ASIA

रूपन्देहीमा विद्युतीय सार्वजनिक गाडी सञ्चालनमा आएका छन् । काठमाडौं उपत्यका बाहिर सुन्दर यातायात प्रालिले स्थानीय रूटमा सञ्चालन गर्ने गरी ‘पब्लिक इलेक्ट्रिक भेइकल’ बुटवलमा भित्र्याएको हो । प्रालिका सञ्चालक डीआर घिमिरेले तत्कालको लागि बुटवल–भैरहवा रूटमा दुई वटा वातावरण अनुकुलित (एसी बस) सञ्चालनमा आएको जानकारी दिएका छन् ।

Muktinath Bank

छिट्टै बुटवल–सालझण्डी हुँदै कपिलवस्तुको जीतपुरसम्म र बुटवलदेखि सुनवल हुँदै बर्दघाटसम्म पनि विद्युतीय बस सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको घिमिरेले बताए । लुम्बिनी प्रदेश सरकारले पनि विद्युतीय गाडी सञ्चालन गर्ने विषय प्राथमिकतामा राख्दै आएको छ । यद्यपि, प्रदेश सरकारले हालसम्म विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउन सकेको छैन ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्युतीय सवारी सञ्चालनमा ल्याएको कम्पनीले चार्जिङमा समस्या भएको गुनासो गरेको छ । ‘सानो मेशिनले बस चार्ज गर्न समस्या भएकाले नियमित बस सञ्चालन गर्न केही समस्या भएको हो । कालिकानगरमा चार्जिङ स्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अब बसले नियमित सेवा दिन्छन्’ सञ्चालक घिमिरेले भने । विद्युतीय वातावरण अनुकुलित गाडी तराईको गर्मीमा यात्रुको रोजाइँमा पर्ने विश्वास गरिएको छ । 


Advertisment
Nabil box
Kumari

सुन्दर यातायात प्रालि बुटवलका इन्चार्ज प्रदीप पौडेलले बुटवलमा सञ्चालन भइरहेका विद्युतीय बसप्रति यात्रुको आकर्षण बढिरहेको बताएका छन् ।

Vianet communication

‘अहिले सञ्चालनमा रहेका बस ३० सिट क्षमताका छन् । यी बसहरु एकपटक पूरै चार्ज गर्न करिब २ घण्टा लाग्छ’ उनले भने । एकपटक पूरै चार्ज भएको बस २००  किलोमिटर गुड्न सक्ने पौडेलले जानकारी दिए । ‘बस चार्ज गर्न २०० केभीको ट्रान्सफर्मर आवश्यक पर्छ । त्यसका लागि विद्युत् प्राधिकरणमा प्रालिले माग गरेको छ । अहिले सानो मेशिनले गाडी चार्ज गर्दा धेरै समय लाग्ने गरेको छ ।  

आगामी दिनमा वातावारणमैत्री र प्रभावकारी सार्वजनिक यातायात सेवा विस्तारमा समेत तीन तहको सरकारसँग सहकार्य बढाउने योजना रहेको उनले बताए । प्रालिका अध्यक्ष भेषबहादुर थापाले तत्कालका लागि रुपन्देही, कपिलवस्तु र नवलपरासीका केही क्षेत्रमा बस सञ्चलन आउने र दोस्रो चरणमा बाँकेको नेपालगञ्जलगायत अन्य जिल्लामा पनि बस सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x