०२ साउन २०८३, शनिबार

दिलनाथ गिरीसहित राप्रपाका चार केन्द्रीय नेताले गरे पार्टी परित्याग

दिलनाथ गिरीसहित राप्रपाका चार केन्द्रीय नेताले गरे पार्टी परित्याग

राष्ट्रिय प्रजातन्त्र पार्टीका चार केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । राप्रपाका केन्द्रीय नेताहरू दिलनाथ गिरी, श्याम तिमिल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले मंगलवार पार्टी परित्याग गरेका हुन् । 

उनीहरूले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका जनाएका छन् । 

राप्रपालाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने सोचका साथ अगाडि बढिरहेका बेला पार्टी नेतृत्वले अप्रजातान्त्रिक र निर्मम ढंगले तल्लोस्तरको लान्छाना लगाउँदै अपमानित गर्ने प्रयास गरेकाले पार्टी छाडेको उनीहरुले बताएका छन् । 

‘राप्रपाभित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएको अवस्थामा सर्वसत्तावाद र अहंकार मौलाएको, विधि विधानको धज्जी उडिरहेको अवस्थामा अपमानित र निरीह भएर पार्टीभित्र बस्नसक्ने अवस्था नभएका कारण आजैका मितिदेखि हामी साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएका छौँ,’ विज्ञप्तिमा भनिएको छ । 

मुलुकमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता झन् बढेर गएको भन्दै उनीहरुले यो अभियानमा भने निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्