२९ जेठ २०८३, शुक्रबार

यस्तो छ प्रदीप खड्का स्टारर ‘प्रकाश’को ट्रेलर

यस्तो छ प्रदीप खड्का स्टारर ‘प्रकाश’को ट्रेलर

प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले मंगलवार राजधानीमा एक कार्यक्रम गर्दै २ मिनेट १४ सकेण्डको टे«लर सार्वजनिक गरेको हो । 

‘प्रसाद’ फेम्ड निर्देशक दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदीप, दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रेणु योगी, अमजद प्रवेज, देव कुमार श्रेष्ठ, हुम बिसीलगायतको अभिनय छ । 

एक विपन्न परिवारको शिक्षित युवकले सरकारी शिक्षक बनेर आफ्नो बुबाको चाहना र आफ्नो सपना पूरा गर्न गर्ने संघर्षको कथा फिल्मले पेश गर्छ । जुम्लामा खिचिएको फिल्ममा त्यहाँको भाषा, भेषभूषालाई चित्रण गरिएको छ । सार्वजनिक ट्रेलरलाई मर्मस्पर्शी बनाइएको छ । 

आगामी भदौ १० गतेदेखि नेपालसँगै आधा दर्शन बढी देशमा एकसाथ प्रदर्शनको तयारीमा रहेको फिल्मको निर्माता महेन्द्र अधिकारी हुन् । पोष्टर, टिजर र गीतबाट फिल्मले प्रशंसा बटुलिसकेको छ । यसअघि लभस्टोरी फिल्ममा मात्र देखिँदै आएका प्रदीपले यस फिल्ममा निर्वाह गरेको फरक भूमिकालाई चासोका रूपमा हेरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्