०८ असार २०८३, सोमबार

नेपाली सेनाले गर्‍यो विपद् प्रतिकार्य सम्बन्धी समन्वयात्मक बैठक

नेपाली सेनाले गर्‍यो विपद् प्रतिकार्य सम्बन्धी समन्वयात्मक बैठक

नेपाली सेनाले वर्षायामको जोखिम नजिकिएसँगै विपद् प्रतिकार्य सम्बन्धी समन्वयात्मक बैठक गरेको छ ।

मंगलवार प्रधानसेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा बैठक भएको हो ।

सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै उद्धार कार्यको योजना, फौजको प्रभावकारी परिचालन, उद्धार तथा प्रतिकार्यका निमित्त विपद् प्रतिकार्यमा खटिने सबै सरोकारवाला निकायबीच छलफल एवं समन्वय गर्न आवश्यक भएकाले बैठक गरिएको सेनाले जनाएको छ ।

बैठकमा नेपाल सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख तथा सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्