२४ जेठ २०८३, आइतबार

बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा जसपाले गर्‍यो पार्टी पुनर्गठन गर्ने निर्णय

बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा जसपाले गर्‍यो पार्टी पुनर्गठन गर्ने निर्णय

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला कार्यसमितिले पार्टी पुनर्गठन गर्ने निर्णय गरेको छ ।

जिल्ला भेला आयोजक समिति संयोजक यानप्रसाद भट्टले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी पुनर्गठन गर्ने निर्णय भएको जानकारी दिए ।

पार्टी पुनर्गठनका लागि भट्टको संयोजकत्वमा ९१ सदस्यीय भेला आयोजक समिति गठन गरिएको छ ।

बैठकले जिल्ला मातहतका सबै निकाय, समितिहरू स्वतः भेला आयोजक समिति वा निकायमा रुपान्तरण भएको निर्णय गरेको छ ।

पार्टीमा विवाद भएपछि डा. भट्टराईले पार्टी पुनर्गठन अभियान सञ्चालन गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्