×

NIC ASIA

गगन थापाले शहरी विकासमन्त्री चौधरीलाई दिए यी ३ सुझाव

साउन ३, २०७९

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई भेटेर ३ सुझाव दिएका छन् ।

मंगलवार मन्त्री चौधरीलाई भेटेर थापाले आफूले उठाउँदै आएका विषयमा छलफल गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं उपत्यकाभित्रका सडकलाई पैदलयात्री मैत्री बनाउनका लागि फूटपाथ निर्माण, विस्तार, पुनः स्थापनाका लागि छुट्टै आयोजना सञ्चालन गर्नुपर्ने र काठमाडौं उपत्यका प्राधिकरणले स्थानीय सरकारसँग सहकार्य गरेर आयोजना सञ्चालन गर्न थापाले सुझाव दिएका छन् ।


Advertisment
Rupse Holidays
Nabil box

काठमाडौं उपत्यका विकास प्राधिकरणको ऐन संशोधन गरेर, यसको सञ्चालक समितिमा काठमाडौं उपत्यकाका सम्पूर्ण महानगर–नगरपालिकाका प्रमुख, प्रदेश सरकार र संघीय सरकारका प्रतिनिधि रहने व्यवस्था गर्नुपर्ने थापाको सुझाव छ ।

Vianet communication

थापाले ट्विटरमा लेखेका छन्, ‘यो प्राधिकरणले काठमाडौं उपत्यकाको यातायात, फोहोर, नदी प्रणाली, खानेपानी, ढल जस्ता पूर्वाधारका विषयमा एकीकृत सोच र कार्यक्रम तय गर्ने ।’

बुढानीलकण्ठ नगरपालिकाको १०, ११, १२ नम्बर वडा र कामनपाको ६ र ७ नम्बर वडाको केही भाग निरन्तर डुबानमा परिरहने समस्याको दीर्घकालीन समाधान खोज्न छुट्टै परियोजना बनाउने, अहिले गरिरहेका कामहरूलाई पनि सोही दीर्घकालीन योजनासँग जोड्ने र यो वर्ष महत्त्वपूर्ण काम सक्ने सुझाव थापाले दिएका छन् ।

उनले अगाडि लेखेका छन्, ‘मन्त्रीज्यूले यी सुझावलाई सकारात्मक रूपमा लिई कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x