
निर्वाचन आयोगले काठमाडौं उपत्यकाबाट शुरू गरेको अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था थप ५ जिल्लामा विस्तार गरेको छ ।
आयोगले नमूनाका रूपमा शुरू गरेको कार्य मंगलवारदेखि काठमाडौं, ललितपुर र भक्तपुरका अतिरिक्त काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा गरी थप ५ जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा) को जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क समयमा औंठाको छाप र फोटो लिने व्यवस्था मिलाइएको छ ।