०२ असार २०८३, मंगलबार

गौरीगञ्जमा मृत्यु भएका व्यक्तिलाई वृद्धभत्ता वितरण, ३ लाख झ्वाम !

गौरीगञ्जमा मृत्यु भएका व्यक्तिलाई वृद्धभत्ता वितरण, ३ लाख झ्वाम !
प्रतिकात्मक तस्वीर

झापाको गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा (वृद्ध) भत्ता वितरण गरेको पाइएको छ । 

यससँगै गाउँपालिकाले एउटै नागरिकता नम्बर र एउटै जन्ममिति भएका लाभग्राहीलाई दुई वा सोभन्दा बढी परिचयपत्र जारी गरी दुईवटै परिचयपत्रबाट सामाजिक सुरक्षा भत्ता बापतको रकम प्रदान गरेको हो । 

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ ले लाभग्राहीको नाम, दर्ता, नवीकरण, लगतकट्टा तोकिएको मितिभित्रै गर्नुपर्ने व्यवस्था गरेको छ । सोही कार्यविधिले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नियमितरूपमा अनुगमन गर्नुपर्ने, केन्द्रीकृत सूचना प्रणालीमा प्रविष्टि गरी अद्यावधिक गर्ने जिम्मेवारी सामाजिक सुरक्षाको अख्तियारी पााउने सम्बन्धित निकायको हुने व्यवस्था गरेको छ तर गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका २० जनाभन्दा बढीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको विवरण तयार गरेको छ । मृत्यु भएका व्यक्तिका नाममा मात्रै गाउँपालिकाले ३ लाख रुपैयाँमाथि भुक्तानी गरेको छ । 

मृत्यु भएका व्यक्तिका नाममा गाउँपालिकाले भत्ता वितरण गरेसँगै महालेखाले सो रकमलाई बेरुजु लेखेको छ । महालेखाको प्रतिवेदनमा सो रकम गाउँपालिकाले असुल गर्नुपर्ने सुझावसमेत दिएको छ तर गाउँपालिकाले सो रकम असुल गर्न कुनै चासो देखाएको छैन । 

त्यसो त गौरीगञ्ज गाउँपालिकाबाट बसाइँ सरी अन्यत्रै गएका व्यक्तिलाई समेत पालिकाले सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ । सो रकमसमेत असुल गर्न महालेखाले पालिकालाई सुझाव दिएको छ । बसाइँ सरी गएका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता प्रदान गरेको देखिएपछि सो रकमलाई समेत महालेखाले बेरुजु भएको जनाएको छ । 

महालेखाको प्रतिवेदनमा उल्लेख भएअनुसार २०७५ फागुन २ गते मृत्यु भएकी गौरीगञ्ज गाउँपालिका–३ निवासी विधवा एकल महिला विजलीदेवी महतोसहित ११ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।  

salt training

कमेन्ट गर्नुहोस्